
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको बकैया गाउँपालिका नेपालकै दोस्रो बालमैत्री शासन अवलम्बन गर्ने स्थानीय तह घोषित भएकामा खुशी व्यक्त गर्दै प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बकैयालाई बालमैत्री घोषणा गर्ने कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँपालिकाको घोषणालाई घोषणामा मात्र सीमित नराखी बालमैत्री सूचकको निरन्तर निगरानी गर्न आग्रह गर्नुभयो ।
वाग्मती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले दोस्रो बालमैत्री गाउँपालिका घोषणा हुनुलाई मात्रै सफलता ठान्न नहुने भन्दै उहाँले निरन्तर काम गर्न सुझाव प्रस्तुत गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले घोषणा हुँदै गर्दा जिल्ला समन्वय समितिले अनुगमन गर्दा पालिकाले सबै सूचक पूरा गरेको पाइएको बताउनुभयो ।