
माघेसंक्रान्तिका दिन गरिने दान सर्वश्रेष्ठ दान मानिन्छ । माघेसंक्रान्ति हिन्दूहरूका लागि महत्त्वपूर्ण चाड हो । यस पर्वको आफ्नो अलग्गै धार्मिक महत्त्व छ ।
यस दिन नदीमा गएर नुहाउने, पूजा पाठ गर्ने र दान गर्ने परम्परा हिन्दू धर्ममा रहीआएको छ । दान गर्नाले जीवनमा खुसी, समृद्धि आउने गर्छ भने रोगबाट मुक्ति मिल्छ ।
मकर संक्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश गर्ने र आफ्नो पुत्र शनिको घर आउने विश्वास छ । यस्तो खगोलीय राशि परिवर्तनको ज्योतिष शास्त्रमा ठूलो महत्त्व हुने गर्छ ।
जुन व्यक्तिको राशिमा शनि दोष हुन्छ ति व्यक्तिले दान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।