
गायक बल बहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन्।
गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ। सन्देशजँग राणाको निर्देशन रहेको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ। पोखराको मनोरम दृष्यहरुमा यो भिडियो खिचिएको हो।
यो गीत डान्सिङ्ग बिटमा रहेको छ। आफ्ना वगतका गीतहरु जस्तै यसलाई पनि दर्शकस्रोताले रुचाउनेमा विश्वस्त रहेको गायक राजबंशी बताउँछन्।
नेपाली राजबंशी समुदायमा स्थापित गायक हुन्, बलबहादुर। बिगत ८ बर्षदेखि नेपाली संगीतमा सक्रिय राजबँशीले एक सय भन्दा बढी गीतमा आवाज भरिसकेका छन् भने आफैले दर्जनौँ नेपाली गीत ल्याईसकेका छन्।
उनको चर्चा भ्याइस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ। उनी ‘भ्याइस अफ नेपाल सिजन २’मा टप नाईनसम्म पर्न सफल भएका थिए। उनले ‘यसपालीत बिहे गर्नेहो’जस्ता सफल गीत स्रोता–दर्शकलाई दिईसकेका छन्।