
फिल्म लक्का जवानको म त लक्का जवान बोलको टाइटल गीत सार्वजनिक गरिएको छ । बबुल गिरी र मिना निरौलाको स्वरमा सजिएको गीतको सँगित पनि बबुल गिरीकै रहेको छ भने शब्द डिपि खनालको रहेको छ ।
डान्सिङ शैलिमा तयार भएको गीतमा फिल्मका कलाकारहरु दिलिप रायमाझि प्रियँका कार्की, सलोन बस्नेत, बर्षा शिवाकोटी, शिबहरी पौडेल, राजाराम पौडेल, सरोज खनाल, र किरण केसी लगायत कलाकारहरुले नाचेका छन । गीतको कोरियोग्राफ कबिराज गहतराजले गरेका हुन ।
हास्यकलाकार शिबहरी पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म समसामायिक तथा कमेडी कथाबस्तुमा निर्माण भएको हो ।
आमा बँगलामुखि फिल्मस प्रोडक्सन प्रा लि तथा नेपाल बँगलादेश बैक लिमिटेड प्रा लि को ब्यानरमा बनेको फिल्मको निर्मातामा ध्रुव वन्त र अनुशुया श्रेष्ठ वन्त सह निर्मातामा किरण केसि दिलिप रायमाझि र शिबहरी पौडेल छायाँकनमा पुरुषोतम प्रधान सम्पादनमा मित्र डि गुरुङको रहेको छ ।
चैत २१ बाट प्रदर्शनमा आउने यस फिल्मको कलाकारहरुमा दिलिप रायमाझि प्रियँका कार्कि सलोन बस्नेत बर्ष शिवाकोटी शिबहरी पौडेल राजाराम पौडेल किरण केसी शुसिल पोखरेल सरोज खनाल अनुशुया श्रेष्ठ सबिता गुरुङ अन्जु मअर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ ।