
प्रहरीले बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ तर प्रसाईं भने फरार छन् ।
एकीकरण अघि नै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा मार्सी भात ख्वाएको फोटो सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चित बनेका थिए।
प्रसाईं केही दिनअघि पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजको सम्वन्ध प्राप्त गर्नेको लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए। उपाध्यक्ष गिरीले आफ्नो मानहानी भएको भन्दै प्रहरीकहाँ उजुरी गरेका थिए।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।