
फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेपछी आस्थाले रिसको आवेगमा भिडियो बनाएकी थिइन । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ ।
उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्। के आस्था ले यस्ता अशिष्ट भाषाको प्रयोग गर्न उचित छ ?
उनले महिला प्रहरी भएर के एक महिलालाई आदर गर्न सकिन्न भनेर प्रश्न गरेकी छन । त्यसै गरी उनले प्रहरी मेरो साथी हो कि हैन भनेर पनि प्र्शन गरेकी छिन ।
आज कान्तिपुर को लिंक राख्दै आस्था ले “रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो ।” भनेर माफी माग्दै फेसबुका मा स्ट्याटस राखेकी छिन ।
तस्विर: आस्था राउतको फेसबुक बाट