६ बैशाख २०८२, शनिबार

आबुधावीमा १८ जना नेपाली सवार मिनिबस दुर्घटना

accident

बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

मिनिवसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । 

मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

https://www.facebook.com/kpdhakal/posts/10222189709511620

स्रोत्: रातोपटी ड्ट कम

    सम्बन्धित समाचार...