
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं ३ मा बोलेरो जिप दुर्घटना भएको छ । बुधबार वडा नं ३ पुगियाँबाट बेस्तडा हुदै दैलेख सदरमुकाम आउन डोजरलाई तेल पुर्याउन गई फर्केर सवारी ल्याएर दैलेख आउने भने् गएको जिप दुर्घटना परेको हो ।
शान्ती प्रसाद उपाध्यायको नाममा रहेको कर्णाली प्रदेश ०२००१ च ००९७ नम्बरको बुलेरो दुर्घटना हुदाँ चालक बिनोद रेग्मी घाइते भएको प्रहरी चौकी बेस्तडाका प्रहरी साहायक निरिक्षक थल प्रसाद ढकालले बताए ।
उनका अनुसार डोजरले बाटो खनिरहेको र हिजो दैलेखबाट तेल लिएर डोजरमा तेल पुर्याउन गएको बेलामा गाडिको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जिप सडकबाट करीब १०० मिटर तल गहुँबारीमा खसेको छ भने चालक अचेत भएकोले कुन कति कारणले दुर्घटना भएको भन्ने बारेमा थप अनुसन्धान भईरहेको ढकाल बताए ।
घाइते चालकलाई एम्बुलेन्स मार्फत उपचारको लागि दैलेख ल्याउने तयारी भईरहेको छ । चालकले आफु बिनोद रेग्मी बनेर बोलेको र चालकको लाइसेन्स नभेटिएको हुँदा चालक एकिन गर्ने नसकिरहेको प्रहरीले जनाएको छ ।