
धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकी छन् ।
कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले इन्जिनियर कार्कीलाई घुस लिइसकेको अवस्थामा धादिङको गंगाजमुना गाउँपालिका-५ स्थित उनको डेराबाटै पक्राउ गरेको हो ।
९५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी कार्कीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।