
मुम्बईदेखि करिब ६० किलोमिटर टाढा खलापुर नजिकै मुम्बई–पूणे हाइवेमा अभिनेत्री शबाना आजमी कार दुर्घटनामा घाइते भएकी छिन् । उनको कार एक ट्रकसँग ठोक्किएको थियो । प्रहरीका अनुसार ट्रकलाई ओभरटेक गर्न खोज्दा कार दुर्घटनामा परेको थियाे।

कारमा शबानाका साथै उनका श्रीमान् लेखक तथा गीतकार जावेद अख्तर पनि थिए। जावेदलाई सामान्य चोट लागेको बताइएको छ। यो दुर्घटनामा उनको टाउको र अनुहारमा चोट लागेको छ शबाना गम्भिर घाइते भएकी छिन् र उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । बलिउड मिडियाले उनी खतरा भन्दा बाहिर रहेको उल्लेख गरेका छन् ।
हाल शबानाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीमाथि निरन्तर निगरानी गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा । सन्तोष शेट्टीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको अवस्थाबारे जानकारी लिन शनिबार साँझ अनिल अम्बानी, टीना अम्बानी, अनिल कपूर, सतीश कौशिक, सलमा आगा, तब्बु लगायतका व्यक्तहरु अस्पताल पुगेका थिए।
यसैविच, शबानाका ड्राइभर अमलेश योगेन्द्रले लापरवाहीपूर्ण तरिकाले कार चलाएको भन्दै उनीविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । ट्रक ड्राइभरले योगेन्द्र विरुद्ध एफआइआर दर्ता गरेका हुन् । एफआइआरमा भनिएको छ–‘कार ड्राइभरले तिव्र गतीमा गाडी चलाएका कारण कार चलिरहेको ट्रकको तल छिरेको थियो ।