
नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।
औषधि व्यवस्था विभागले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधी व्यवस्था विभागले जानकारी दिएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।
यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो।
नेपालमा भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।
चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार ससर्त आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो। विभागको यो निर्णयसँगै नेपालले आपत्कालीन प्रयोगको अनुमति दिएका खोपको संख्या दुई पुगेको छ।
चीनले नेपालमा ५ लाख डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ।
