
दाङ, प्रहरीले एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक किशोरलाई पक्राउ गरेको छ। बंगलाचुली गाउँपालिका–४ श्रीबारीका १८ वर्षीय इन्द्र गिरीलाइ पक्राउ गरेको हो ।
गिरीले बंगलाचुली–३ कमिरेचौरमा कमलाल पौडेलले सञ्चालन गरेको दाजुभाइ जनरल स्टोरबाट माघ १ गते राति एक लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।
रिजालकाअनुसार पसल संचालक पौडेलको जाहेरीका आधारमा अनुसन्धान गर्दा गिरीले एनटिसी र एनसेलका रिचार्ज कार्ड चोरी गरि घरमा राखेको अवस्थामा बरामद गरिएको हो। पौडेलले पसलबाट रिचार्ज कार्डसहित नगद २० हजार रुपैयाँ पनि चोरी भएको जाहेरी दिनु भएको छ ।
खानतलासी गर्ने क्रममा चोरी गरेका ६१ हजार आठ सय बराबरका रिचार्ज कार्ड बरामद भएको प्रवक्ता रिजालले जानकारी दिनु भएको छ ।
रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा दुरसञ्चार कार्यालय संग समन्वय गरि गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।