
सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ।
केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेको छ।
शुक्रबार ७४ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई सय रूपैयाँले बढेर ७५ हजार पुगेको छ।
प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७४ हजार ७ सय रूपैयाँ सम्म आएको थियो। तर, तीन दिन यता पुनः बढेर ७५ हजार रूपैयाँ पुगेको छ।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, फेरि सुनको भाउ बढन पुगेको हो।