
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुई आन्तरिक जहाज ठोक्किए ।
सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् । दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो ।
जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ ।
त्रिभुवन विमानस्थलमा जहाजको चापका कारण पार्किङ क्षेत्रमा पटक पटक यस्तो घटना दोहोरिन थालेको छ ।