
तस्वीरः विनोद सिंह विष्ट, रासस
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी भागरथीको शव अन्तिम संस्कारका लागि यात्रा गरिँदै । गत माघ २२ गते मृत अवस्थामा भेट्टिएकी भागरथीका आफन्तले अपराधि खोज्नुपर्ने भन्दै यसअघि शव बुझ्न मानेका थिएनन् ।
भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो ।
सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् ।

