
सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन्।
सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखिको भत्ता पाउनुपर्ने माग गरेका थिए तर ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने ।
प्रतियोगिता उद्द्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले गुरुङलाई झापड हानेका थिए ।