
मिस नेपालहरु मिस नेपालको ताज पहिरिइसकेपछि धेरैजना फिल्मक्षेत्रमा प्रबेश गरेका छन तर कसैको पनि फिल्मक्षेत्रको यात्रा खासै सुखद बन्न सकेको छैन ।

यो क्रम नेपालको सन १९९४ का पहिलो मिस नेपाल रुबि राणाबाट नै सुरु भएको थियो उनले फिल्म भुतुक्कै भएनि बाट फिल्मक्षेत्रमा प्रबेश गरेकि थिइन । उनको फिल्मी यात्रा सुखद रहेन तर उनि पछिल्लो समयमा केहि फिल्ममा सहायक भुमिकामा देखिदै आइरहेकि छिन ।

त्यस्तै सन १९९५ का दोस्रो मिस नेपाल सुमि खडकाले पनि सुपरस्टार नामक फिल्ममा काम गरिन त्यसयता उनलाइ कुनै फिलममा देखिएन । त्यस्तै सन १९९७ को मिस नेपाल झरणा बज्राचार्यको भने फिल्मीयात्रा केहि सुखद रहेको देखिन्छ ।

उनले लगभग डेड दर्जन फिल्ममा अभिनय गरेका थिइन तर सन २०१० को फिल्म कोहि मेरो यता पछि भने फिल्मक्षेत्रमा देखिएकि छैनन ।

त्यसैगरी सन २००२ को मिस नेपाल माल्भिका सुब्बा सन २००६ का जेनिसा मोक्तान पनि केहि फिल्ममा गेष्ट भुमिकामा देखा परेका थिइन भने सन २०११ का बिजेता मलिना जोशिले लगभग आधा दर्जन फिल्ममा काम गरिन तर फिल्मले सफलता पाउन सकेन ।

साथै सन २०१२ मा सृष्टी श्रेष्ठले फिल्म गाजलु मार्फत फिल्मक्षेत्रमा डेब्यु गरेका थिइन । गाजलु व्वसायिक रुपमा सफल फिल्म रहेको छ । त्यसपछि उनि निरन्तर फिल्ममा नै सक्रिय रहेकि छिन ।

यस्तै क्रममा सन २०१७ कि मिस नेपाल निकिता चाण्डक पनि फिल्म साङ्लो मार्फत फिल्मक्षेत्रमा प्रबेश गरेकि छिन । हुन त उनले फिल्म रानिमहलबाट डेब्यु गर्ने भनियतापनि फिल्मको सम्पुर्ण छायाँकन हुन नसक्दा यस फिल्मबाट डेब्यु गरेका हुन

हाल उनि फिल्मको प्रचारसँगै एक गीतको छायाँकनमा समेत ब्यस्त छिन यहि मनिाको अन्तिम साताबाट प्रदर्शनमा आउने यस फिल्मबाट उनि निकै आशाबादीसमेत रहेकि छिन ।
फिल्मक्षेत्रमा मिस नेपालहरुको यात्रा त्यतिधेरै सुखद नभइरहेको बेला उनको यात्रा कस्तो रहने छ त्यो भने आगामि दिनमै थाहा होला