
‘गोल्ड’ र ‘भांग्रा पा ले’ जस्ता केही चलचित्रमा अभिनय गरिसकेका सन्नी कौशल बलिउडमा आफ्नो पहिचान स्थापित गर्नमा संघर्षरत छन् ।
उनी कलाकार कम राष्ट्रिय पुरस्कार विजेता कलाकार विक्की कौशलको भाइका रुपमा बढी परिचित छन् । पछिल्लो समय ‘बलिउड हंगामा’सँगको अन्तरवार्तामा उनले आफ्नो लभ इन्ट्रेस्ट अथवा आफूलाई मनपर्ने महिला आफ्नै दाजुको पूर्वप्रेमिका रहेको खुलाएछन् ।
उनले भने, “हो, तर मलाई थाहा थियो उनी उनीकी प्रेमिका थिइन।
कुरा स्पष्ट पार्दै जाने क्रममा उनले दाजु र त्यस महिला सम्बन्धमा रहेको जानकारी पछि मात्र पाएछन् । यो अन्तरवार्ता दाजुले हेरे कस्तो प्रतिक्रिया हुनेछ भन्ने प्रश्नमा सनी हाँसे र भने दाजुको पूर्वप्रेमिका धेरै रहेको र यस्तो अवस्थामा कुन महिलाप्रति म आकर्षित छु, लभ इन्ट्रेस्ट कुन महिला हुन् भन्ने कुरा दाजुलाई थाहा हुन नसक्ने बताएछन् ।
उनले यस अघि विक्कीसँगको आफ्नो सम्बन्धको बारेमा भनेका थिए “समाजमा आफ्नो पहिचान बनाउनको लागि कडा मेहेनत गनुपर्छ। यो तथ्यलाई अनुसरण गर्दैन कि मलाई विक्कीको भाई भनिन्छ। यो मेरो लागि गर्वको कुरा हो किनकि यसले विक्कीले कति राम्रो बनायो भनेर देखाउँछ। जे होस्, मसँग मेरो आफ्नै व्यक्ति हुनु आवश्यक छ। यो त्यस्तो चीज हो जुन तपाईं हुनु हुँदैन, तपाईं जो हुनुहुन्छ वा कुन क्षेत्रमा हुनुहुन्छ भन्ने फरक पर्दैन, उनले भने। एजेन्सी