
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।
ट्वीट गर्दै बाबुरामले खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिन नसक्ने टिप्पणी गरेका हुन् ।
पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्! आफैं त महादेव उत्तानो टाँगस कस्लाई दिने वर…..?।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका थिए ।
पार्टी प्रवेश गर्ने नेताहरूले बाबुराम र अशोक राईहरू पार्टीमा निरीह भएर बस्नुपरेको बताएपछि प्रचण्डले नेकपामै आउन आग्रह गरेका थिए ।