
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामेश्वर फुयाँल वाग्मती प्रदेशको भौतिक योजना तथा विकासमन्त्री बन्ने भएका छन् ।
गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो ।
१५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाँललाई प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दियो । हामीले टेलिफोन सम्पर्क गर्दा फुयाँलले यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । “पार्टीमा कुराकानी चलेको होला । तर मलाई कसैले केही भनेको छैन,”
नेकपाको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका फुयाँल काठमाडौैं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । फुयाँल दोस्रो संविधानसभामा काठमाडौं ३ बाट निर्वाचित भएका थिए ।