
सांसद दीपक मनाङेले झापड हानेका जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङविरुद्ध बिहिबार ठगी तथा बैंकिङ कसुरको जाहेरी परेकाले शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेपछि बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो ।
यसअघि सांसद मनाङेले गुरुङलाई मंगलबार एउटा कार्यक्रममा झापड हानेका थिए । झापड हानेपछि मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक अपराधअन्तर्गत दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।