७ बैशाख २०८२, आईतवार

थाईलाण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन्न

jyomo ganng 3

नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाईलाण्डमा बुधबार साँझ ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हो । द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबार रहेका थिए ।

jyomo ganng 2

उनले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताएका थिए । साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पुर्‍याउने बिस्वास ब्यक्त गरे ।
हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगाएत बिभिन्न क्षेत्रका ब्यत्तित्व र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

अवार्डको निर्णयकमा ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको थिए अवार्डमा उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठाले बाट गणेश गरुङ (सुबास), उत्कृष्ट अभिनेता चलचित्र देन्बा माया बाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालाम बाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रो बाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्री चलचित्र यारी बाट ज्योती राई, सह अभिनेता चलचित्र घ्रान बाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रो बाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्यु बाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगाल बाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्या बाट शंकर गुरुङ (बतासे) उत्कृष्ट छाँयाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र बज्र बाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श संगित चलचित्र म्ये क्यु बाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युई बाट कुङगा छ्योइङ स्याङतान तामाङ लाई अवार्ड प्रदान गरिएको थियो ।

jyomo ganng 1

साथै बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ । चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको छ ।

    सम्बन्धित समाचार...