
अस्ट्रेलिएन अधिकारिहरुले उहानमा २ हप्ता छुट्टी मनाएर आएका एक ५० वर्षिय चिनियाँ नागरिकमा कोरोना पहिलो भाइरस भेटिएको पुष्टी गरेका छन् ।
उनी जनवरि १९ का दिन उहानबाट चाइना साउथर्न को उडान नम्बर सिजेड ३२१ बाट मेल्बर्न ओर्लिएका थिए । त्यसपछी उनले आफ्ना परिवार सँग एक हप्ता सँगै बिताएका थिए । आहिले उनका परिवारका सदस्यहरुलाई पनि चिकित्सक को निगरानिमा रखिएको छ ।
चिनियाँ नागरिकालाई भाइरस भएको पुष्टी हुनु अगाडी, उनि एक सामान्य चिकित्सक कहाँ गएको पनि बुझिएको छ । त्यसैगरी न्यू साउथ वेल्समा पनि ३ जना भाइरस सन्क्रमित भेटिएको जनाइएको छ ।
अहिले उनको मोनाश मेडिकल सेन्टरमा अलग्गै राखेर उपचार भैरहेको छ । साथै उनिसँग सवार भएर आएका चाइना साउथर्न का सबै यात्रुहरुलाई पनि सम्पर्क गरिएको छ ।
आहिले सम्म सन्सारका ११ देश मा कोरोना भाइरस को पुष्टी भैसकेको छ
चिनमा आहिले सम्म सो भाइरसले गर्दा ४१ जनाको मृत्यु भैसकेको छ भने १२०० भन्दा बढी संक्रमित भएका छन् ।