
बलिउड अभिनेता शाहिद कपूर नँया फिल्ममा देखिने भएका छन् । शाहिद अब छत्रपति शिवाजीको बायोपिकमा देखिँने भएका हुन् ।
भारतिय संञ्चारमाध्यमका अनुसार फिल्म ‘कबीर सिंह’का निर्माता अश्विन वर्देले निकै महंगो बजेटमा छत्रपति शिवाजीको बायोपिक बनाउदैछन् ।
बलिउडका ‘क्यूट’ स्टारका रुपमा चिनिएका अभिनेता शाहिद कपूर हालका दिनमा सफलताको पथमा अगाडि बढिरहेका छन् । फिल्म ‘कबीर सिंह’ले उनको लोकप्रियतामा नयाँ इटा थपिदियो ।
अश्विनले दक्षिण भारतीय फिल्मको एक ठूलो प्रोडक्सन हाउस लाइक प्रोडक्सनसँग सहकार्यको लागि हात मिलाएका छन् । यो समूहले छत्रपति शिवाजी महाराजमा आधारित रहेर बनाउने फिल्मका लागि शाहिद कपुरसँग कुराकानी गरेका छन्’, बलिउड लाइफले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।
शाहिदले यसअघि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा राजाको भूमिका निभाइसकेका छन् ।
शाहिद यतिबेर ‘जर्सी’को सुटिङ सकेर प्रोमोसनको तयारीमा रहेका छन्। ‘जर्सी’मा उनी एक क्रिकेटरको भूमिकामा देखिँनेछन् । ‘जर्सी’ नोभेम्बर ५मा रिलिज हुने तयारीमा रहेको छ ।
उनका लागि छत्रपति शिवाजी महाराजमा आधारित फिल्म दोस्रो पिरियड फिल्म हुनेछ ।