
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख कार्यकारी वसीम खान ले “यदी भारत एसिया कपकालागि पाकिस्तान आएन भने २०२१ ट्वान्टी विश्वकपमा पाकिस्तानले पनि भाग लिन अस्वीकार गर्नेछ” भनेका छन्।
पीसीबीका प्रमुख कार्यकारी वसीम खानले पाकिस्तानले टी २० एसिया कपको आफ्नो आयोजनाको अधिकार त्यागेको खबर झुठो भनेका छन्। उनि भन्छन “यदि भारत एसिया कपका लागि पाकिस्तान आउँदैन भने हामी त्यहाँ २०२१ टी -२० वर्ल्ड कपमा पनि भाग लिन अस्वीकार गर्छौं।”
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले तीन चरणमा हुने खेलको लागी आफ्नो टोली पाकिस्तान पठाउन राजी भएपछि पाकिस्तान क्रिकेट बोर्डले सेप्टेम्बरमा बंगलादेशलाई आयोजना गर्ने अधिकार दिएको छ भन्ने खबर फैलियो । बंगलादेशले पाकिस्तानमा एउटा टि -२० र २ आईसीसी विश्व टेस्ट चैम्पियनशिप खेल्नेछ ।
वसीमले भने “आयोजक परिवर्तन गर्ने प्रस्ताव पीसीबी वा आईसीसीले राख्दैन किनकि यो एसियन क्रिकेट काउन्सिल (एसीसी) को निर्णय हो” । “हामी हाल एशिया कप आयोजना गर्नका लागि दुई ठाउँमा विचार गर्दैछौं,” उनले थपे। “यदि भारत एसिया कपका लागि पाकिस्तान आउँदैन भने हामी त्यहाँ २०२१ टी -२० वर्ल्ड कपमा पनि भाग लिन अस्वीकार गर्छौं।”
गत हप्ता आएको समाचार अनुसार बीसीसीआईले पाकिस्तानी माटोमा क्रिकेट नखेल्ने निर्णयमा अडिग रहेको हुनाले पाकिस्तानले एसिया कपको होस्टिंग अधिकार गुमाएको छ ।