
एक नयाँ रेकर्डिंगका अनुसार अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले बगदादी आक्रमणमा उनले भन्दा बढी कुकुरले श्रेय पाएपछी गुनासो गरेका छन ।
शुक्रबार साँझ राष्ट्रपतिले फ्लोरिडाको मार-ए-लागोमा रिपब्लिकन चन्दा-दाताहरूसँग कुराकानी गरेको एउटा अडियोमा उनले ईरानी सैन्य नेता कासिम सोलेमानीको लक्षित हत्याको विवरण उपलब्ध गराएका छन्।
सीएनएनलाई प्राप्त अडियोमा राष्ट्रपतिले दावी गरे कि सुलेमानीले “हाम्रो देशको बारेमा नराम्रा कुरा” गरिरहेछन्, जसको कारण सुलेमानीको हत्या गर्न उत्प्रेरित गर्यो ।
६२ बर्षे सैन्य नेताको हत्याले यस क्षेत्रमा तीव्र तनाव बढायो र तेहरानले उक्त हत्याको जवाफ दिन अमेरिकी र इराकी सेनाले प्रयोग गर्ने उत्तरी इराक स्थित दुईवटा अड्डमाथि आक्रमण गरेको थियो।
उक्त हमलाले कुनै अमेरिकी सैनिकलाई हानी पुर्याएको छैन भन्ने राष्ट्रपतिको दावीलाई झुठो तब मानियो जब पेन्टागनले शुक्रबार स्वीकार गर्यो कि रकेट हमलाको कारण ३४ सैनिकहरुलाई मस्तिष्कमा गहिरो चोटपटक लागेको थियो।