
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक……’ भन्ने हरफ जस्तै छ उहाँको सोच र सपना पनि जो कोही मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला चाँडो सफल होइन्छ । ठिक यस्तै सूत्र अपनाइरहनु भएको छ।
उहाँले नेपाली चलचित्र क्षेत्रमा उदाए सँगै एकाएक चम्किने रणनीति बनाउनुभएका तेज गिरीको चर्चा हो यो
सानै देखी गीत–संगीत, खेलकुद र मोडलिङ भने पछि हुरुक्कै हुनुहुने बहुप्रतिभाका धनी स्कुलका विभिन्न कार्यक्रमहरुमा नाटकहरु प्रस्तुत गर्दै अभिनयमा होमिएका हेटौंडाका स्थायी बासिन्दा तेज गिरी विगत ३ बर्ष देखि राजधानी काठमाण्डांमौ कलाकारितामा जमेका छन् । त्यस अघि नेपालकै सुन्दर नगरी पोखरामारहँदा पनि कलाकारितामै रमेका थिए ।

पोखरामा उनले रहँदा मिस्टर नेपाल २०१२ को अडिसनमा छनौट भएपछि १ महिनाको प्रशिक्षण मार्फत उत्कृष्ट ४ सम्मको यात्रा तय गर्दै अभिनय मार्फत उक्त प्रतियोगिताको मोस्ट ट्यालेन्टको उपाधी समेत जित्न सफल भए । मिस्टर नेपालमा उपाधी जित्न सफल भएपछि उनलाई २०६९ मा पहिलो पटक नेपाली कथानक चलचित्र “काले” मा अभिनय गर्ने अवसर मिल्यो ।
पहिलो चलचित्र लाई लिएर उनी अत्यन्तै उत्साहित थिए तर बिडम्बना त्यो चलचित्र आजको दिन सम्म पनि रिलिज हुन सकेको छैन । उनको पहिलो फिल्म रिलिज नहुँदै उनी भने स्थापित कलाकार बनिसकेका छन् । त्यसताका उनले धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरे । ईन्दिरा जोशी, राजेश पायल राई, राजु परियार, रामभक्त जोजीजु लगायतका चर्चित गायकहरुका साथमा उनले लगभग डेढ दर्जन गीतमा अभिनय, तिनवटा विज्ञापनमा समेत काम गरिसकेका छन् ।

त्यही सिलसिलामा गिरी स्पाईनी ब्याब्लर क्रियसनको प्रस्तुतीमा घनश्याम लामिछाने निर्देशित नेपाली कथानक चलचित्र “धौली”बाट सह-नायकको रुपमा डेब्यु गरे । त्यही चलचित्रबाट नै उनको अभिनयको चर्चा सुरु भएको हो । त्यसपछि उनले मुक्तिनाथ विकास बैंकको लगानीमा नेपालमै पहिलो पटक निमार्ण भएको वित्तीय साक्षरता सम्बन्धी चलचित्र “परिवर्तन”मा मुख्य भुमिकामा अभिनय गर्ने मौका पाए । यही चलचित्रले उनको उचाइ माथि पुर्यायो । उनले दिपेन्द्र के खनाल निर्देशित चलचित्र “लभ लभ लभ”मा पनि अभिनय गरे । ५ बर्ष उनले मोफसल (पोखरा)मा संघर्ष गरे । उनी त्यहाँ स्थापित पनि भइसकेका थिए ।
अरु अवसर खोज्दै उनी २०७३ मा काठमाण्डौ छिरे । काठमाण्डौ आएपछि नृत्य र अभिनयको प्रशिक्षण समेत लिएर अभिनय कलामा निखारता ल्याए । उनले पञ्चेवाजा, रनविर र गोपी चलचित्रमा विभिन्न किसिमका भुमिकामा अभिनय गरिसकेका छन् ।
यस क्रममा उनलाई हाल प्रर्दशनको तयारीमा रहेको हिरामणी ज्ञावली निर्देशित चलचित्र “यस्तो पो वडाध्यक्ष”मा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो । यो चलचित्र उनको वहुप्रतिक्षित चलचित्र हो । उनले अभिनय गरेका पात्र कस्ता छन् त भन्ने प्रश्नमा उनी भन्छन्ः ‘अहिलेको समसामयीक विषय वस्तुमा निमार्ण भएको यस चलचित्रले आम दर्शकको मन जित्नेमा ढुक्क छन्, चलचित्रले देश विकासको मुद्दालाई पृथक ढंगबाट उठान गरेको बताउछन् ।’

उनको फिटनेश एक पटक हेरेपछि जो कोहि पनि मख्ख पर्छ । फिटनेशमा पनि उनी उत्तिकै बढी ध्यान दिने तेज आजभोलि उनी दैनिका २ घण्टा जिममा विताउछन् र फुर्सदको समय अध्ययन गर्छन् । उनले एमए सम्मको औपचारिक अध्ययन पुरा गरिसकेका छन् । उनी ५ फिट ९ ईन्च उचाइका फिटनेशमा अत्यन्तै आकर्षक देखिन्छन् ।

उनी अभिनयमा मात्र नभई कुशल कार्यक्रम संचालक र प्रशिक्षक पनि हुन् । कार्यक्रम संचालन र प्रशिक्षणको दौरानका क्रममा उनले नेपालका ५८ जिल्ला घुमिसकेका छन्।


