
अण्डकोशको बारेमा २०१३ को अध्ययन ट्विटरमा एकाएक भाइरल भयो।
त्यसपछी महिला टिकटक प्रयोगकर्ता रेगन ले आफ्ना पुरुष अनुयायीहरुलाई चुनौती दिइन् । चुनौतिमा उनले आफ्ना अनुयायीहरुलाई उनिहरुको अण्डकोश कुनै तरल पदार्थमा विज्ञानको लागि चोप्न अनुरोध गरिन । उनि भन्छिन “यो विज्ञानको लागि हो र मलाई थाहा दिनुहोस्” ।
@cryinginthecar #duet with cryinginthecar
♬ original sound – cryinginthecar
यो चुनौतीको जवाफमा एक टिकटक प्रयोगकर्ता एलेक्स जेम्स कारमा बसेको बेला आफ्नो भिडियो बनाउँदै आफुले पनि उक्त चुनौती स्विकारेर अण्डकोश सोया ससमा डुबाएको अभीनय गरेका छन् । जेम्सको उक्त भिडियोले अहिले सम्म ८ लाख १९ हजार लाईक र ८९०० कमेन्ट पाएको छ ।
@alxjames oh.. my god….. ??
♬ original sound – alxjames
उक्त भिडियोमा जेम्सले पनि आफ्नो अण्डकोशबाट स्वाद परीक्षण सफल भएको दाबी गरेका छन । उनि भन्छन “हे भगवान, म नुनको स्वाद लिन सक्छु!” तर भिडियो क्लिपको अन्त्यम उनि आफै भन्छन्, “त्यो हास्यास्पद हो” ।
अर्को टिकटक प्रयोगकर्ता ठट्टा गर्दै लेख्छन “सबै एसियाली फूड रेस्टुरेन्टहरू सोचिरहेका छन्” किन धेरै मानिसहरू सोयाससको प्याकेटको लागि आउँदैछन ? ”
अर्का युटुबर गे गोड (उर्फ मैथ्यू लुश) ले पनि एलेक्सको सिको गर्दै अर्को भाइरल भिडियो बनाए । उनले आफ्ना नौ लाख ६६ हजार अनुयायीहरुलाई उनले सोया सॉस र सुन्तलाको रस पत्ता लगाउन सके भन्ने दावी गरे। सो भिडियो सात दिनमा अहिले सम्म ५८,४९६ चोटी हेरिसकिएको छ ।
जानकारहरुका अनुसार यस्ता कुनै पनि दाबीहरुलाई समर्थन गर्ने कुनै आधार छैन जसमा पुरुष अण्डकोशले जिब्रोले जस्तै साँचैको स्वाद थाहा पाउन सक्छ् ।