
चक्रपथ विस्तारको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुँदा आज महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट विहानै ७ बजेबाट दिउसो ४ बजेसम्म विद्युत आपुर्ती बन्द हुने जनाइएको छ ।
प्राधिकरणको सूचना अनुसार उक्त फिडर अन्तर्गत पर्ने वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका स्थान्हरुमा बत्ती जाने बताइएको छ।
यदी रुख कटान निर्धारित समय अगाडि नै सकिएमा विद्युत आपुर्ती सुचारु हुने प्राधिकरणले जनाएको छ।