
जिल्लाको नारायण नगरपालिका वडा नं. १ का एक जना पक्राउ परेका छन् । बहु–विवाह मुद्दामा फरार रहेका नारायण नगरपालिका–१ बस्ने ४८ बर्षिया यादव बहादुर गुरुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
यादवलाई २०६६ साल असार २ गते बहु–विवाह मुद्धामा फैसला भई १ वर्ष कैद सजाय तोकिएको थियो ।
उनलाई ११ बर्ष पछि शुक्रबार जिल्ला प्रहरी कार्यलय दैलेखको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत दैलेखमा उपस्थीत गराई जिल्ला कारागार पठाइएको प्रहरीले बताएको छ ।