
फाइल फोटो
संविधानसभाका अध्यक्ष तथा पुनःस्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा अब नेकपा नरहेको बताएका छन् । उनले आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दल बैठकमा भाग लिन हिँडेका नेम्वाङले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’
नेम्वाङले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने बताए । उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने समेत चेतावनी दिएका छन् ।