
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहकाका सांसद भीम रावलले संसद बैठकमै प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न गरेका छन् ।
सुरुमै समय लिएर बोलेका रावलले भने–‘यो कसको सरकार हो ? वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’
रावल बोलिरहँदा सत्ता पक्ष नेकपाका सांसद खगराज अधिकारीले भने नियमापत्ति जनाएका थिए । रावल बोली सकेपछि प्रचण्ड–माधव पक्षीय सांसदहरुले संसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।