
नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको वामदेव गौतम समूहले ‘सम्मानजनक रुपमा’ नेकपा एमालेमा फर्किने निर्णय गरेको छ। सोमबार बसेको उपलब्ध नेताहरूको बैठकले सर्वोच्च अदालतको फैसलासँगै एमालेमा फर्किने निर्णय गरेको हो।
सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैठक बसेको थियो। ‘सम्मानजनक ढंगले एमालेमै फर्किने र त्यता गएर पनि कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिने निर्णय भएको छ’, वामदेवनिकट एक नेताले भने।
ऋषिराम कट्टेलको मुद्दामा फैसला सुनाउँदै आइतबार सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई दर्ता नै नभएको र साविक एमाले एवं माओवादी केन्द्र पूर्ववत् रुपमा रहेको उल्लेख गरेको थियो। अदालतले नेकपा नाम कट्टेलको पार्टीको हुने फैसला सुनाएको थियो।
यस्तै नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।
सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड(माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।