
निर्भया काण्डका दोषीमध्येका एक मुकेशकुमार सिंहले राष्ट्रपति रामनाथ कोविन्द समक्ष जीवन रक्षाको माग गर्दै दिएको निवेदन खारेज भएपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्च अदालतले उनको निवेदन खारेज गरिदिएको छ।
न्यायधिश आर भानुमतिको अध्यक्षतामा रहेको तीन न्यायाधीशको कमिटि भन्छ, “राष्ट्रपतिले दया याचिकामाथि प्रारम्भिक विचार गर्नुभयो र यसलाई तुरुन्तै खारेज गर्नुको मतलब यो होइन कि वहाँँले आफ्नो विवेक प्रयोग गर्नुभएन वा यो पूर्वाग्रहद्वारा प्रेरित भएको हो।”
निवेदन खारेज भएसँगै चारैजना दोषीलाई १ फेब्रुअरीको बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिइने भएको छ।