७ बैशाख २०८२, आईतवार

क्रिस गेलले पोखरा राइनाेजबाट इपिएल खेल्ने (भिडियो)

crish gyale 15magh

वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो ।

मार्चमा हुने इपिएलकाे तेस्रो संस्करणका लागि ४० वर्षीय गेल पाेखरा राइनाेजसँग अनुबन्ध भएका हुन्।

https://www.facebook.com/pokhararhinos/videos/3056731951025932/

गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए । गेलले ५८ टवान्टी आइ मा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ ।

गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट राइजिङ्ग पुणे विरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए । गेल आइसिसीको एक दिवसिय, टेस्ट र टि ट्वान्टी तिनैमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन । गेलले आगमी सस्करणको आइपिएल किङ्ग्स इलाभने पन्जावबाट खेल्ने छन्।

    सम्बन्धित समाचार...