
कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीवार दिउँस कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका वडा नक्बर १ स्यालाघाटमा बस दुर्घटनामा परेको हो । कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । एसएमएल गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक राजेश साहु तेलीले जानकारी दिए ।
उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरिक्षक तेलीले बताए । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरिक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ भर्ताका ३८ बर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका वडा नं.८ का २१ बर्षीया कमल विकको मृत्यु भएको हो ।
शाहीको घटनास्थलमै र विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइतेहरुमा कालिकोट जिल्लाको शुभकालिका गा.पा.२ बस्ने ४९ बषिया दिर्घ शाहीको टाउकोमा चोट लागेको गम्भीर बिरामी छन् ।
घाइतेहरु:
- कालिकोट शुभकालिका गा.पा.–२ बस्ने बर्ष २५ वर्षिय कलेन्द्र जङ शाही,
- कालिकोट खडाचक्र न.पा.–२ का ्४९ वर्षिय धिर बहादुर शाही,
- बर्दिया राजापुर न.पा.– ९का २४ बर्षिया जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी जवान निराजन चौधरी,
- कालिकोट शुभकालिका गा.पा.–४ बस्ने २२ बर्षिया तर्क राज शाही,
- सुर्खेत विरेन्द्र नगर नगरपालिका–१० का ४२ बर्षिय आयुस,
- जुम्ला कनिकासुन्दरी गाउँपालिका–४ का ४५ बर्षिय नर बहादुर बुढा,
- दाङ घोराई नगरपालिका १७ का २६ बर्षिय जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी जवान रमेश चौधरी,
- कालिकोट खडाचक्र नगरपालीका–२ का ३३ बर्षिय भरत शाही,
- सुर्खेत विरेन्द्र नगर नगरपालिका–३ का २५ बर्षिय जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी सहायक बिमल बि.सी,
- कालिकोट शुभकालिका गाउँपालिका–३ का २५ बर्षिय तिर्थराज शाही,
- कालिकोट महावै गाउँपालिका–५का २१ बर्षिय विवस शाही,
- कालिकोट खडाचक्र नगरपालिका–६ का ४४बर्षिय धिरेन्द्र शाही,
- कालिकोट शुभकालिका गाउँपालिका–५ बस्ने ४० बर्षिय दिल बहादुर रोका र
- कालिकोट खडाचक्र नगरपालिका–११ का ४२ बर्षिया महिला कसु शाही सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको उपचार सुर्खेतमा भईरहेको छ ।