
नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाउनु भएको छ । प्रधानमन्त्री अोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गर्नु भएको थियो ।
उहाँले माधव नेपाल पक्षका नेताहरको सबै पद खोस्नु भएको छ । प्रधानमन्त्री अोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले असन्तुष्टी जनाउनु भयो ।
प्रधानमन्त्री अोलीले नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज गर्नु भएको थियो । पद खारेज हुनुअघि गौतम एमालेको उपाध्यक्ष हुनुन्थ्यो । तर, उहाँको उपाध्यक्ष पद पनि खारेज भइसकेको छ । सोही विषयमा असन्तुष्टी व्यक्त गर्दै उहाँले केपी ओलीसँग जाने सम्भावना समाप्त भएको घोषणा गरेको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिनु भयो ।
नेता गौतमले प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले अहिले ओलीले जे बोल्यो त्यही कानुन हुने अवस्था सिर्जना भएकोसमेत बताउनु भयो ।केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, ।