
नेकपा एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाउनु भएको छ । ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो ।
माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।
ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाउनु भएको छ ।
आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । असन्तुष्ट पक्षले सो बैठकमा नजाने बताउँदै आउनु भएको छ । ३ गतेका लागि बोलाइएको चियापानमा असन्तुष्ट पक्ष सहभागी होला या नहोला भन्नेमा सबैको चासो छ ।