
गाएक तथा सँगितकार सुरज तामाङ र जमुना बन (जित)को स्वरमा रहेको “तिमि छौ र त सँसार छ” मेरो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रोमान्टिक शैलिको यस गीतको भिडियोमा सिम्पल खरेल र बिमल पुरी अभिनय रहेको छ । ध्रुब केसीको शब्द तथा सुरज तामाङको सँगित रहेको गीतको निर्देशक सिम्पल खरेलकै रहेको छ ।
गीतमा पवन सुल्सिङको छाँयाकन रहेको छ ।

त्यसैगरी गाएनमा सुरजलाइ जमुना बन जितले साथ दिएकि छिन । प्रेमी र प्रेमीकाको मायाको भावलाई प्रस्तुत गरिएको यस गीतले दर्शकहरुको मन जित्ने अनुमान गरिएको छ ।
मोडल विमल पुरी भने आफ्नो इच्छा हुदाँ हुदै बाध्यता बस ६ बर्ष वैदेशिक रोजगारमा बसेर पछिल्लो समय अभिनयमा फर्केका हुन् ।
सिम्पल खरेलका साथ विमल पुरीको पहिलो भिडियो हो । यस भिडियोलाई हालै हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।
विमल ले भने यस नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा आफुलाई चित्त बुझ्ने खाले कुनै पनि फिल्म तथा म्युजिक भिडियोको अफर आयो भने म गर्न तयार छु र जीवन्त नेपाली चलचित्र क्षेत्रमा लाग्ने प्रतिबद्दता समेत ब्यक्त गर्ने कुरा बताउँछन।