
चक्रपथ विस्तारको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुँदा आज महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट विहानै ७ बजेबाट दिउसो ४ बजेसम्म विद्युत आपुर्ती बन्द हुने जनाइएको छ ।
प्राधिकरणको सूचना अनुसार उक्त फिडर अन्तर्गत पर्ने अन्तर्गत वसुन्धारा सामाखुशी चाेक रानीबारी गाेंगबु चाेक टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुकामा बत्ती जाने बताइएको छ।

त्यसै गरी पुल्चाेक वितरण केन्द्रकाे टेकु पुल्चाेक फिडरबाट वितरीत ११ के भी लाइनमा सेक्सनलाइजर राख्ने कार्य तथा जम्परहरु मर्मत गरी फिडर सुधार गर्नुपर्ने भएकाेले मिति २०७६।१०।१८ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वल्खु, सानेपा साँचल, सानेपा चाेक ,प्रधानसेनापति निवास ,झम्सीखेल चाेक, सि जि कार्यालय एरिया लगायतका क्षेत्रहरुमा विद्युत आपुर्ती बन्द हुने जनाइएको छ