
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छ ।
पहिलो खेल मध्यान्ह १२ बजे पाँचौं स्थानमा रहेको थ्रीस्टार क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। १४ अंक रहेको थ्री स्टार क्लब आज खेलमा जित निकाल्दै एक स्थान सुधार गर्ने प्रायस गर्ने देखिन्छ।
अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबमाथि अप्रत्यासित जित निकालेको सरस्वतीले अघिल्लो ८ वटा खेलमा लगातार हार व्यहोरेको थियो । सरस्वती पनि आज जित निकाल्दै रेलिगेसन बाट बाहिर निस्कने दाउमा छ । आजको खेलमा जित निकालेको खण्डमा सरस्वती १२ औं स्थानमा उक्लने छ।
आजै दिउँसो ३ बजे हुने दोस्रो खेलमा मछिन्द्र क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ।
१९ अंकका साथ दोस्रो स्थानमा रहेको मछिन्द्रले शीर्षस्थानमा २० अंकका साथ पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई पछ्याइरहेको छ। आजको खेलमा मछिन्द्रले जित निकालेमा उ शीर्ष स्थानमा उक्लने छ।
एपिएफ र सरस्वती दुवै जित निकाल्दै रेलिगेसन बाट बाहिर जना प्रयासरत रहने छन ।