
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन्। गत माघ ११ गते संखुवासभाकी मोडल जाङ्मु शेर्पासँग काठमाडौँमा विवाह गरेका मुख्यमान्त्री राई त्यसको केही समयपछि हेलिकोप्टरमा ससुराली पुगेको भए पनि तस्बिर भने मंगलबार जाङ्मुले सामाजिक सञ्जालमा राखेकी हुन्।

त्यसपछि ती तस्बिरलाई लिएर मिडिया र सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। जङमुले सामाजिक सञ्जालमा शेरधनको ससुराली यात्राका ११ वटा तस्बिरहरु सार्वजनिक गरेकी छन्। जसमा राई दम्पती हेलिकप्टरमा उभिएकोदेखि ससुरालीमा भेटघाटसम्मका तस्बिरहरु रहेका छन्।
उनले आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरेको बताएकी छन्।



