
इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले साउथम्प्टन विरुद्ध शानदार जित निकालेको छ ।
शनिबार राति सकिएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा लिभरपुलले ४–० को शानदार जित निकाल्यो । लिभरपुलका लागि मोहमम्द सलाहले दुई गोल गरे भने एलेक्स र हण्डरसनले एक–एक गोल गरे ।
एलेक्सले ४७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा हण्डरसनले गोल संख्या दोब्बर बनाए ।
स्टार स्ट्राइकर सलाहले ७२औं र ९०औं मिनेटमा गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए । जितसँगै, २५ खेलबाट ७३ अंक जोड्दै अग्रतालाई २२ अंकको अग्रता निकालेको छ । अपराजित लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ । एजेन्सी