
नगरकोट स्थित नेपाली सैनिक बार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ आजदेखि शुरु भएको छ ।
सञ्चालन भएको नवौँ समूहको उक्त तालीमका भिडियो टेलिकन्फ्रेस् मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समय सापेक्ष निर्णय लिन सक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालीममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालीम सञ्चालन गरिने जानकारी दिइएको छ ।