
नेपाली सांगीतिक फाँटमा पितामा समर्पित गीत आएको छ जसलाई १३ बर्षिया कविता
परियारले गाएकी हुन्।
‘प्यारो बाबा’ बोलको गीतमा शब्द र संगीत प्रकाश लामाको रहेको छ। याकुब वाइबा गीतका अरेंजर हुन् । ४ मिनेट लामो भिडियोमा ८ बर्षिया इलि गुरुङ र सबिन लामाको अभिनय रहेको छ। उनीहरु छोरी र पिताको रुपमा देखिएका छन्।
उनीहरु संगै सबिना ठकुरी र बिसेस्ता शाही पनि म्युजिक भिडियोमा देखिएका छन्। आफुलाई बाल मनोविज्ञानमा आधारित गीत बनाउने चाहना भएकाले, पछिल्लो समय फास्ट बिटको गीत चलिरहेको भएतापनि आफुले कविता लाई लिएर पिताको योगदानलाई कदर गर्दै गीत बनाएको गीतकार तथा संगीतकार लामा भन्छन ।
यहि गीत बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी कविता अभिभावकबिहिन हुन् । उनि चर्चको आर्थिक सहयोगमा होस्टेलमा बस्छिन भने हाल उनलाई गिटारिस्ट इसाक तामांगले संगीत सिकाउदै छन्। छायाँकार सुरज लामाले खिचेको म्युजिक भिडियोको सम्पादन गरब योन्जन दिलिपले गरेका हुन्। गीतलाई संचारकर्मी सन्ध्या थापाले निर्देशन गरेकी हुन् ।