९ बैशाख २०८२, मंगलवार

टोटेनह्याम सँग म्यान्चेस्टर सिटी २-० ले पराजित

spurs city

२६औ र ४६औ मिनटमा मौका पाए पनि सर्जिओ अगुएरोले दुवै मौका गुमाएक थिए । त्यसैगरी गुन्डोगनले प्रहार गरेको पेनाल्टि, टोटेनह्यामका गोल रक्षक ले बचाएका थिए।

खेलको पहिलो हाफ ०-० को बराबरिमा खेलिएको खेल दोस्रो हाफ मा भने निकै रोमान्चक भएको थियो । खेल को ४८ औ मिनटमा टोटेनह्यामका गोल रक्षक निकै अगाडी आउँदा पनि अरु खेलाडीले गोल पोस्ट्को रक्षा गरेका थिए । गुन्डोगनले त्यस बखत पनि गोल गर्ने अवसर गुमाएका थिए।

खेलको ६२औ मिनटमा स्टीवन बर्गविजनले पास आएको बललाई छातिले रोक्दै गरेको प्रहारले जाली चुमेपछी टोटेनह्याम ले १-० को अग्रता लिएको थियो।

red card mancity

ओलेक्सान्डर जिन्चेन्को ६१औ मिनट मा दोस्रो पँहेलो कार्ड खाएपछी म्यानचेस्टर सिटी १० खेलाडी मा सिमित भएको थियो।

हेउंग-मीन सनले ७०औ मिनटमा गरेको दोस्रो गोल नै खेलको अन्तिम गोल रहन गयो र टोटेनह्याम विजेता बन्यो ।

heung goal spurs

यो सँगै अंक तालिकामा टोटेनह्याम ५औ स्थानमा उक्लिएको छ भने तेस्रो स्थानमा रहेको लीसेस्टर र म्यान्चेस्टर बिच अंक दुरी २ अंकमा झरेको छ ।