
दाङका दश स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आआफ्ना पालिकामा लागु गर्ने तयारीमा जुटेका छन् ।
जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागु गर्न थालिएको छ । अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ ।
अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ ।
घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागु गरिसकेको छ ।
जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो ।