
कलेजमा पढाउँदै आएकी २४ वर्षकी युवतीलाई २७ वर्षीय पुरुषले जिउँदै जलाएका छन् ।
कलेज पढ्दै गरेकी युवतीलाई जिउँदै जलाएको घटना भारतको महाराष्ट्रको हो । महाराष्ट्रको वर्धा जिल्लामा उक्त घटना घटेको हो ।
महाराष्ट्रको वर्धाको नंदोरी चोकमा सोमबार बिहान एक विवाहित पुरुषले ७ बजे २४ वर्षीया युवतीलाई पेट्रोल छर्केर आगो लगाइएको भारतीय समाचार माध्यमले जनाएका छन् । आगोमा जलेर ती युवतीको शरीर ३० प्रतिशत जलेकोले अवस्था गम्भीर रहेको समाचारमा बताइएको छ ।
गम्भीर घाइते भएकी युवतीलाई उपचारका लागि सुरुमा स्थानीय अस्पतालमा लगिएको तर पछि नागपुरको अरेन्ज सिटी हस्पिटलमा रिफर गरिएको थियो ।

प्रहरीका अनुसार पीडित युवतीले ७ महिनादेखि एउटा गर्ल कलेजमा पढाउँदै आएकी थिइन् । आगो लगाउने पुरुषले उनलाई मन पराउने गरेको र प्रेम सम्बन्ध गाँस्न चाहेका थिए ।
तर युवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवाले पेट्रोल छर्केर जिउँदै आगो लगाएका थिए । हत्या गर्ने उद्देश्यले उनले आगो लगाएको तर स्थानीयले आगो निभाएर युवतीलाई उद्दार गरेका थिए ।
घटनालगत्तै युवकलाई प्रहरीले पक्राउ गरेको छ । आरोपित पुरुषको नाम नागरले रहेको प्रहरीले बताएको छ । तर पीडित युवतीबारे केही समाचारमा केही खुलाइएको छैन ।
पीडित युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेर अन्तै विहे गर्न लागेपछि ती पुरुष आक्रोशित भई युवतीलाई जिउँदै जलाएको समाचारमा बताइएको छ । युवक विवाहित रहेको र पीडित युवतीसँग चिनजान रहेको प्रहरीले बताएको छ । एजेन्सी