
एक महिलाले आफ्नो जीवनलाई जोखिममा पारेर कुकुरलाई इनारबाट बचाएको भिडियो अहिले सोसल मीडियामा भाइरल भएको छ।
कुकुर संयोग्ले ईनारमा झरेपछी ती महिला कुकुरलाई बचाउन घटनास्थलमा आईपुगिन्। दुई मिनेट सात सेकेन्डको भिडियो ट्विटरमा एक प्रयोगकर्ता (मौना)द्वारा शेय र गरिएको जुन अहिले सम्म १७,२०० पटक हेरिएको छ ।
जिउमा डोरी बाँधेर ईनारमा पसेकी उक्त महिलालाई अरु व्यक्तिले पनि मद्दत गरेका थिए । उनि जसै ईनारको पिँधमा पुगिन्, केहि मानिसहरुले उनलाई दोस्रो डोरी फ्याँके जुन कुकुरलाई बाँधिन प्रयोग गरिन र कुकुरलाई उद्दार गरियो ।
त्यसपछी ईनारमा पसेकी महिला निकै कष्ठ गरेर ईनार बहिर निस्किएकी थिइन ।
उक्त क्लिपले हजारौं लाइकहरू बटुलेको छ र इन्टरनेट प्रयोगकर्ता हरुले आफ्नो ज्यान जोखिममा पारेर कुकुरलाई बचाउने महिलाको प्रशंसा गरेका छन् ।