
चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । घटना को हो ।
बिहीबार ज्वरो बढेपछि ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगेकी थिइन् । परीक्षणपछि उनमा कोरोभाइरस रहेको पुष्टि भयो ।
त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन(सी सेक्सन विधि)गर्ने निर्णय गरे ।

अस्पतालका अनुसार बच्चाको तौल साढे तीन केजी रहेको छ । पटक–पटकको स्वास्थ्य क्वारेन्टाइनपछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको छ । अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन ।
ती महिलाले अवस्था कमजोर हुँदै गएपछि तत्काल अपरेसन गरेर बच्चा जन्माइएको थियो । अहिले आइसोलेसनमा राखेर उनको थप उपचार भइरहेको छ ।
बच्चाको कोरोना परीक्षण दुई पटक गर्दा पनि नेगेटिभ देखिएको हो । एजेन्सी
